April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

केही पहाडी भागमा वर्षा हुने आजको मौसम पूर्वानुमान

1.9K

काठमाडौं–शुक्रबार देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

देशका केही पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

Advertisement

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यातय सफा रहेको छ।