April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

माओवादीकाे प्रदेश १को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो

285

काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ।

दलको सोमबार बसेको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो।

सोही बैठकले  दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राईलाई चयन गरेको छ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका टंक आङ्बुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थियो।

सोही बैठकले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री रहेका टंक आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।