November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिँदै, चार जना नयाँ मन्त्री थपिने

3.6K

काठमाडौं- प्रदेश १ को मन्त्रिपरिषद्  शुक्रबार विस्तार गरिने भएको छ। मन्त्रिपरिषद् विस्‍तारमा चार जना नयाँ मन्त्री थपिने भएका छन्।

मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेका माधवकुमार नेपाल समूहबाट ओली समूहमादेखि माओवादी केन्द्रबाट एमालेमा पुगेकासम्म छन्।

नयाँ मन्त्री बन्नेमा माओवादी केन्द्र छाडेका सांसद् टङ्‍क आङ्बुहाङ, माधव नेपाल समूह छाडेका सांसदहरू कला घले, राजकुमार ओझा र उषाकला राई रहेका छन्। उनीहरुको सपथ ग्रहण १ बजे रहेको छ। बिहीबार नै मन्त्रिमण्डल विस्तारको टुंगो लागेको सांसद उषाकला राईले बताइन्।

Advertisement

राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने तय भएको बुझिएको छ। आङ्बुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड-माधव समूहका नेता तथा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए।

पुस १० गते मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई वर्खास्त गरिएको थियो।