काठमाडाैं–स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको विभागको भनाइ छ।
दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १ को पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ।