November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

4K

काठमाडाैं–हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको विभागको भनाइ छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित सामान्य वर्षा हुने विभागले जनाएको छ।

बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहनेछ।

Advertisement

राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।