November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फिरौती रकम नपाएपछि यादवको हत्या

2.6K

जनकपुरधाम– सिरहामा एक जनाको अपहरण पछि हत्या भएको खुलेको छ । अपहरणकारीले  फिरौती रकम नपाएपछि उनको हत्या भएको घटना बाहिरिएको हो ।

मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालय प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

Advertisement

प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको छ ।

बिष्णु र ईन्द्र देबलाई प्राविधिक प्रमाण सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

मृतक यादवका दाई केहि दिन पहिले वैदेशिक रोजगारबाट घर आएको समय पारेर उनीहरु अपहरण गरी फिरौती रकम मागेका थिए ।

परिवारजनले फिरौती रकम नदिएपछि गत आइतबार यादबको हत्या गरी मिर्चैयां १ स्थित आँप बगैचामा शव फालेको अनुसन्धानबाट खुलेको छ ।