काठमाडौं–पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागको मौसम सफा रहेको छ।
दिउँसो देशका पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।