January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

आजको मौसम पूर्वानुमान : मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

2.7K

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले  शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै देशका पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

Advertisement