काठमाडौं–स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही स्थानमा आंशिक बदली हुनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू–भागको मौसम सफा रहेको छ।
दिउँसो देशको पहाडी तथा उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ। त्यसैगरी, तराईका अधिकांश भू–भागमा पनि आंशिक बदली रहने विभागले जनाएको छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन\चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ।
राति देश पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुँदै केही स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।