November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णाली नदी किनारमा भेटियो रजनीको शव

4.5K

दैलेख–दैलखको आठबीस नगरपालिका–३, निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ।

गत फागुन २४ गते सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली नदीमा हामफालेका थिए। उनीहरुमध्ये चार जनाको शव भेटिइ सकेको थियो भने रजनीको अवस्था अज्ञात थियो।

रजनीको शव मंगलबार दैलेख प्रहरीले अछामको असाराघाट नजिकै कर्णाली नदी किनारमा भेटेको हो।

Advertisement

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सडिसकेको अवस्थामा शव भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालय दैलेखले आफन्तले पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जनाएको छ।