November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देशका केही भूभागमा वर्षाको हुने आजको मौसम पूर्वानुमान

3.4K

काठमाडौं–स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशको केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
 हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाको भनाइ छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइको छ।देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

आज राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

Advertisement