April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

आफ्नै मन्त्रालयको सचिवलाई कारबाही माग गर्दै मन्त्रीकाे हारगुहार 

370

कर्णाली – कर्णाली प्रदेश सरकारमा अनौठो घटना भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन ।

मन्त्री रावलले मन्त्रालयका सचिव लोकनाथ पौड्यालले कामको सिन्को पनि नभाँचेको आरोप लगाउँदै कारबाही गरिदिन माग गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेको सार्वजनिक भएको छ ।

सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएको मन्त्री रावलले लेखेको पत्रमा आरोप लगाइएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै काम अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताए ।चालू आर्थिक वर्षकोअन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको काम नगरेको भन्दै पत्रमा सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइदिन आग्रह गरिएको छ ।