November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यस्तो छ आजको मौसम पूर्वानुमान

4.4K

काठमाडौं–स्थानीयसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भहागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने विभागको दाबी छ। बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको समेत बताइएके छ। 

Advertisement

यस्तै आज राति देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

आज साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।