कैलाली – कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई नेता भीम रावल र लेखराज भट्टका समर्थकबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा ‘नेम प्लेट’ राख्ने कुरामा विवाद हुँदा कुटाकुट भएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले लेखराज भट्टलाई प्रदेश इन्चार्ज र नेता माधवकुमार नेपाल पक्षले भीम रावललाई प्रदेश इन्चार्ज मान्दै नेम प्लेट राख्न खोजे पछि विवाद भएको हो ।
बुधबार बिहानै माधव कुमार नेपाल पक्षधरले रावलको नाममा नेम प्लेट राखेको थियो । जसलाई ओली पक्षले हटाउँदै भट्टको नाममा नेम प्लेट राख्न खोजेपछि विवाद भएको थियो ।
नेम प्लेटको नाममा पार्टी कार्यालयमा कुटाकुट परेपछि प्रहरीले बलसमेत प्रयोग गरेको थियो ।