November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पहाडी भूभागमा हल्का वर्षा हुने आजको मौसम पूर्वानुमान

२०७७ फाल्गुन २६

3.7K

काठमाडौं–पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले देशका केही भूभागमा सामान्य बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको छ।

हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँकी भू–भागमा भने मौसम सफा रहेको छ।

बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। अपरान्हतिर देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन\चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

Advertisement

यस्तै आज राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।