November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम पूर्वानुमानः पहाडी भागमा हल्का वर्षाको सम्भावना

२०७७ फाल्गुन २३

4.2K

काठमाडाैं–देशमा  रहेको पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ बताइएको छ। देशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । राति देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सफा रहने महाशाखाको दाबी छ।

Advertisement

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।