November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम पूर्वानुमानः पहाडी भूमागमा हल्का वर्षाको सम्भावना

२०७७ फाल्गुन २१

4.4K

काठमाडौं– शुक्रबार देशका अधिकांश स्थानमा सामान्यतया मौसम सफा रहने बताइएको छ। अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिनभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने महाशाखाको भनाइ छ।

पश्चिमी वायुका कारण उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविदको भनाइ छ।

Advertisement

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।