November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थगित भयाे सुदूरपश्चिम प्रदेश सभा बैठक

२०७७ फाल्गुन १९

1.9K

धनगढी–सुदूरपश्चिम प्रदेशको सातौ अधिवेशनको आज आह्वान गरिएको बैठक स्थगित भएको छ। सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो। सूचनामा विशेष कारणले वैठक स्थगित गरिएको उल्लेख छ।

यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरी स्थगित गरिएको थियो । प्रदेशको अर्को बैठक भोलि (बिहीबार) दिउँसो १ बजे आह्वान गरिएको छ । प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर आज सभामा पेश गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए। उनले भने –‘विषयगत समितिले विधेयकलाई अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको हो ।’ भोलि आह्वान गरिएको बैठक जसरी पनि सञ्चालन हुने उनले बताए ।

विषयगत समितिले ‘सुदूरपश्चिम प्रदेशको बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई अन्तिम रुप दिइसकेका छन् 

Advertisement