April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

२४ घण्टामा कोरोना संक्रमितको संख्या ७८ , १ जनाको निधन

२०७७ फाल्गुन १६

255

काठमाडौं –पछिल्लो २४ घण्टामा देशैभरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २ हजार ५३२ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ३० र पुरुष ४८ जना रहेका छन् । आज थपिएका ८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ४०७ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी १ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ७७४ रहेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ६८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ६२ हजार ९३६ नमुना परीक्षण गरिएको छ ।