July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

सम्पदा जोगाउन वृहत नागरिक आन्दोलनले घेर्यो काठमाडौं महानगर

२०७७ फाल्गुन १६

575

काठमाडौं । वृहत् नागरिक आन्दोलनले विकासका नाममा सम्पदा विनास गरेको भन्दै काठमाडौं महानगरको कार्यालय घेराउ गरेको छ ।

उनीहरूले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’, कंकृट कमल पोखरी चाहिदैन सम्पदा संरक्षण खै, माफियाको रजगज नागरिकलाई हत्कडी जस्ता प्लेकार्डसहित धर्ना दिएका हुन् ।

कमल पोखरीलाई कंक्रिटमय बनाउन खोजिएको र बालाजुमा जनताको घर गैरकानुनी रूपमा भत्काएर सूचना केन्द्र निर्माण गर्न खोजिएको विरोधमा नागरिक आन्दोलनले विगतका दिनरुमा पनि विरोध प्रदशैन गर्दै आएको छ ।