September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

यस्तो छ आजको मौसम पूर्वानुमान

515

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले  साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य बदली हुने भएकाे हाे ।

अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।  । यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।