काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य बदली हुने भएकाे हाे ।
अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । । यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।