February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३
1:37:26 pm

आजको मौसम पूर्वानुमान :उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन २

180

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।