April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

एनआरएनए लक्जेम्बर्गमा नयाँ कार्यसमिति गठन

535

गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ ।

संघका अध्यक्ष डा. हेमराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापालाई चयन गरिएको छ ।

mostbet

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

शर्माले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गरेका थिए । कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो ।