काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलनमा ४ हजार २ सय ८६ प्रतिनिधिहरुले सहभागिता जनाउने भएका छन् ।
एनआरएनएले आज पत्रकार सम्मेलन गरेर शनिबारदेखि काठमाडौंमा सुरु हुँदै गरेको सम्मेलनमा भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा प्रतिनिधिहरुले सहभागिता जनाउने जानकारी दिएको हो ।
सम्मेलन फागुन ३० देखि चैत २ गतेसम्म हुने छ ।
‘हाम्रो एकता समृद्धिको आधार’ नाराका साथ सुरु हुने सम्मेलनको उद्घाटन शनिबार हुने र शनिबार बेलुकाबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएले जनाएको छ ।