काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
मार्च १४ देखि १६ सम्म हुने संघको १२ औं महाधिवेशनका लागि शर्माले बुधबार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
शर्मा हाल गैरआवासीय नेपाली संघको कार्यसमितिको उपाध्यक्ष पदमा कार्यरत छन्।
एनआरएनएको १२ औं विश्व सम्मेलनलाई लक्षित गर्दै उनले संघलाई अझ सान्दर्भिक, प्रभावकारी र समावेशी बनाउन समयानुकूल रूपान्तरण गर्ने योजनाका साथ उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो ।