April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

एनआरएनएको महिला उपाध्यक्षमा राधिका गुरूङले उम्मेदवारी दिने

२०८२ फाल्गुन २६

2.1K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा वर्तमान सचिव राधिका गुरूङ (टीका) ले उम्मेदवारी दिने भएकी छन्। एनआरएनएको १२ औं महाधिवेशनका लागि गुरूङले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। 

दुई दशक एनआरएनए अभियानमा विभिन्न पदमा बसेर काम गरेकी ३० वर्षदेखि  हङकङ रहेक टीका व्यवसाय तथा सामाजिक काममा सक्रिय छिन्।

एनआरएनए, हङकङमा दुई कार्यकाल अध्यक्ष र एनआरएनएको एसिया प्यासिफिक संयोजक समेत भइसकेकी गुरूङ अहिले उनी एनआरएनएमा दोस्रो कार्यकालका लागि सचिव छिन्। 

Advertisement

एनआरएनएको महाधिवेशन फागुन ३० देखि काठमाडौंमा हुँदैछ।