काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को खुला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेदवारी दिने भएकी छन् ।
एनआरएनएको महिला उपाध्यक्ष रहेकी प्रधानले संघको मार्चमा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।
सन् २००७ देखि एनआरएनए अभियानमा जोडिएकी प्रधानले संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात गर्दै,आफु सँधै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिने बताइन्।