June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

एनआरएनए आयरल्याण्डले भव्य रुपमा मनायो अन्तराष्ट्रिय नारी दिवस

२०७९ फाल्गुन २६

2.1K

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डले भव्य रुपमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । एनआरएनए आयरल्याण्डले आइतबार पार्नेल स्ट्रीटस्थित लाओ आइनिज एण्ड कोरियन बिबिक्यु रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी नारी दिवस मनाएको हो ।

एनआरएनए आयरल्याण्डकी महिला संयोजक करुणा थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा आयरल्याण्डका विभिन्न सहरमा वसोवास गर्ने तथा संस्थाका वर्तमान एवं पूर्व महिला पदाधिकारी र अग्रज महिलाहरुको उपस्थिति रहेको थियो ।

यसअघिका वर्षहरुमा पनि भव्य कार्यक्रम आयोजना गर्दै आएको एनआरएनएले यस पनि भेटघाट तथा लञ्च कार्यक्रमको आयोजना गरेको थियो ।

Advertisement

कार्यक्रमबाटै सामाजिक सेवामा टेवा पुगोस् भन्ने भावनासहित टर्कीमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई खाना खुवाउने अभियानमा सरिक हुन आर्थिक संकलन सुरु गरिएको थियो ।