June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

नारी दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्दै एनआरएनए महिला फोरम अस्ट्रिया

२०७९ फाल्गुन १९

3.1K

अस्ट्रिया । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रियाले ११३ औं अन्तराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाउने भएको छ । ‘लैङ्गिक समानताका लागि आविष्कार र प्रविधि’ भन्ने मूल नारासहित भव्य रुपमा नारी दिवस मनाइन लागेको हो ।

एनआरएनए महिला फोरम अस्ट्रियाको आयोजनामा ४ मार्चका दिन भियनामा कार्यक्रम आयोजना हुन लागेको एनआरएनए अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले जानकारी दिइन् ।

मार्च ४ अर्थाता् २४ गते बुधबार पर्न आउने १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्ट्रियामा ४ दिन अघि नै कार्यक्रम गर्न लागिएको हो । नारी दिवस कार्यक्रमका लागि महिला फोरम अस्ट्रियाले केही नयाँ प्रयासका साथ आउन लागेको अध्यक्ष तिवारीले बताएकी छन् । उनले कार्यक्रममा उपस्थित भइदिन पनि आग्रह गरेकी छन् ।

Advertisement