June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

एनआरएनए अष्ट्रियाको वार्षिक साधारण सभा सम्पन्न, समाजमा निरन्तर योगदान दिने ३ प्रतिभाहरु सम्मानित

4.4K

अष्ट्रिया । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाले अध्यक्ष भवानी तिवारीको सभापतित्वमा वार्षिक साधारण सभा सम्पन्न गरेको छ। क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानी भियनामा वार्षिक साधारण सभाको आयोजना गरिएको हो।

नेपाली राजदूत महामहिम भरतकुमार रेग्मी प्रमुख अतिथि थिए भने दूतावासका द्धितीय सचिव अनिल लम्साल, एनआरएनए आईसीसी सदस्य विकाश कार्की, एनसीसी संरक्षक मुक्त गुरुङ्ग, अनुशासन समिति सदस्य मनि थेबे, संस्थापक सदस्य प्रभु श्रेष्ट, सल्लाहकारहरू डबिन लामा, विक्रम लामा, मित्र खत्री, पूर्व महासचिव निर्मल पौडेल, पूर्व कोषाध्यक्ष विनोद खड्का , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता बज्राचार्य, नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का, नेसासका पूर्व अध्यक्ष दिपक मल्ल, आना अध्यक्ष हरी राणा, गायक तथा संगितकार शेखर लामा, कोरियोग्राफर मुना गुरुङ्ग, गायिका सुजाता सेन्चुरी विशेष अतिथिको रुपमा उपस्थित थिए।

प्रवक्ता तथा कार्यक्रम संचालिका शुभद्रा भण्डारी


कार्यक्रमका सभापति र प्रमुख अतिथिद्वारा पानसमा दिप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिता भुजेलले स्वागत मन्तव्य स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव रोशन घिसिङले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष बिरेन्द्र बहादुर पुनले आर्थिक प्रतिवेदन, महिला संयोजक प्रतिभा कार्कीले महिला फोरम अष्ट्रियाको कार्य प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपस्थितहरुद्वारा उठाईएको प्रश्न र जिम्मेवार पदाधिकारीहरुको उत्तरपश्चात कोषाध्यक्ष र महिला संयोजकको आर्थिक प्रतिवेदनलाई ताली बजाई पारित गरिएको थियो।

Advertisement


सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत रेग्मीले डिजिटल प्रविधिको प्रयोग गर्दै अति पारदर्शी तरिकाले प्रतिवेदनहरु प्रस्तुत हुनु अत्यन्त स्तरीय लागेको र एनआरएनए अष्ट्रियाको सक्रियताको खुलेर प्रशंसा गरेका थिए। आईसीसी सदस्य विकाश कार्की, नेसास अध्यक्ष मन्जु खड्का, आनाका अध्यक्ष हरी राणा, सल्लाहकार विक्रम लामा लगायतले सभालाई सम्बोधन गरेका थिए।
नेपाली समाज अष्ट्रियामा निरन्तर योगदानको कदर गर्दै गायक तथा संगीतकार शेखर लामा, नृत्य कलाकार तथा कोरियोग्राफर मन्जु गुरुङ्ग , गायिका सुजाता सिन्चुरीलाई सभापति भवानी तिवारी, प्रमुख अतिथि राजदूत रेग्मी र संरक्षक मुक्त गुरुङ्ग द्वारा दोसल्ला ओढाई कदर पत्रले सम्मानित गरिएको थियो। सम्मानित तिनैजनाले एनआरएनए अष्ट्रियाले योगदानको कदर गर्ने संस्कारको शुरुवात गरेकोमा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।


औपचारिक कार्यक्रमको अन्तमा सभापति तिवारीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने र साथ् दिने समग्र अष्ट्रियावासी नेपालीहरुलाई धन्यवाद दिंदै समापन गरेकी थिइन्। औपचारिक कार्यक्रमको समापन पश्चात नयाँ वर्षको स्वागत तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको थियो। उपाध्यक्ष आशा थापा, सचिव कृष्ण कुमार श्रेष्ट, सहकोषाध्यक्ष सरिता सिलवाल, युवा सह-संयोजक राजिव थेवे, सदस्य शन्तोष भेटवालले कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए।