April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

एनआरएनए कुवेतको पहलमा बर्दियाकी कविता रोकायको उपचार हुदैँ

२०७९ कार्तिक १७

2.3K

काठमाडाैं । वैदेशिक रोजगारको लागि कुवेत आएका बर्दियाकी कविता रोकायको एनआरएनए कुवेतको पहलमा उपचार भैरहेको छ । नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी बर्दिया बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको घरबाट भागेर काम गर्दै गर्दा बिरामी भएको थियो ।

पिडित कविता कुनै एक व्यक्तिकाे साहारामा बस्दै आएकी छिन् । स्वास्थ्यमा केही समस्या भएकै कारणले गर्दा फेरि कुवेतीको घरमा काम गर्न नसकेको बताउने कवितालाई एनआरएनए कुवेतको सहयोगमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको छ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि एनआरएनए कुवेत र पत्रकार महासंघमाकाे प्रतिनिधीले पिडित राेकाएलाई भेटे। नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी बहिनीको भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाइयो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। एनआरएनए कुवेतको अध्यक्ष रणध्वज लामाको पहलमा प्राइभेट अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाईएको छ। अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ।

Advertisement

अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ। अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन लागेको जानकारीसमेत बताए। नेपाल जाने तयारीमा रहेका पीडित राेकाए नेपाली एम्बेसीमा कुवेतमा केही दिन सम्पर्कमा नआएकाे र हाल सम्पर्कमा आईसकेकाे समेत दुतवासबाट जानकारी प्राप्त भयो।

यता नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले उनको स्वदेश फर्काउने प्रक्रिया भइरहेको जानकारी दिएका छन। कुवेतमा (होउसमेड) घरमा काम गर्ने महिलाहरुको लागी नेपाल सरकारबाट प्रतिबन्धित भएपनि नेपालबाट विभिन्न सेटिङमा कुवेत अझैपनी आईरहेका छन्।

यसरी कुवेत आएका नेपाली दिदीबहिनीहरुमा नेपालबाट कुवेत आउँदा सामान्य तालिमसमेत पाएका हुँदैनन्। नेपाली एजेन्टले पासपोर्ट बनाउनेदेखि सम्पूर्ण खर्च लाग्ने लागत तिरेर नेपाली चेलीबेटीहरुलाई खाडी पठाइरहेका छन।