November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अध्यक्ष आचार्यको प्रश्न: संसारभरका गैरआवसीय नेपालीले नागरिकता कहिले पाउँछन् राष्ट्रपतिज्यू ?

2.1K

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चाँडो भन्दा चाँडो नागरिकता विधेयक प्रमाणीकरण गरेर १८ बर्षदेखि नागरिकताको प्रतिक्षारहेका गैरआवसीय नेपालीहरुको सपना पूरा गरिदिन आग्रह गरेका छन् ।

दुवै सदनबाट पारित भइसकेको नागरिकता विधेयक अझैसम्म प्रमाणीकरण नगरिनु दुर्भाग्यपूर्ण रहेको भन्दै अध्यक्ष आचार्यले संविधानले नै गैरआवसीय नेपालीलाई प्रदान गरेको नागरिकताको अधिकार चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन् ।

एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापना गरिएको एक करोड रुपैयाँ रासीको ‘भवन–किर्ती रत्न पुरस्कार’ हस्तान्तरण समारोहमा उनले भने,‘एनआरएनएको स्थापनादेखि उठ्दै आएको दोहोरो नागरिकताको माग पुरा हुने विश्वासमा छौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको नागरिकता विधेयक सम्मानीय राष्ट्रपतिज्यूबाट चाँडै प्रमाणीकरण हुनेछ । संसारभरीका नेपालीहरु कहिले नागरिकता पाइन्छ भनेर प्रतिक्षा गरिरहेका छन् । १८ बर्षदेखि निरन्तर पर्खिरहेका छन्,’ उनले अगाडि भने,‘आशा छ, विश्वास र भरोसा छ चाँडो नागरिकता विधेयक प्रमाणीकरण हुनेछ र संसारभरीका गैरआवसीयले नागरिकता पाउनेछन् । संसारभरीका नेपाली नेपालसँग जोडिनेछन् । नेपालमा लगानी भित्रने छ । विश्वभरका वालवालिका नेपालसँग जोडिनेछन् । छिटोभन्दा छिटो समाधान होस ।’

Advertisement

अध्यक्ष आचार्यले भट्टद्धारा स्थापित पुरस्कारले एनआरएनएको शिर उच्चो बनाउन सहयोग पुर्याएको भन्दै अब देश बनाउन वा रोजगारी सिर्जना गर्न साथै मातृभूमीप्रति केही गर्न थप हौसला मिलेको बताए । साथै उनले विदेशमा रहेका नेपालीहरु वा बैदेशिक रोजगारमा रहेकाहरुलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न विभिन्न देशहरुसँग दुई पक्षीय सम्झौता आवश्यक रहेको पनि औंल्याए ।

कार्यक्रममा अध्यक्ष आचार्यले एनआरएनएको प्रस्तावमा डलर एकाउन्टको व्यवस्था गर्ने नेपाल सरकार र ललितपुरको शंखमुल पार्क संरक्षणमा स्थानीय पार्टनरका रुपमा सहयोग गर्ने ललितपुर महानगरपालिकालाई धन्यावाद दिए ।