April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

निलम्बनमा परेका मगरलाई अध्यक्षको हैसियतमा अतिथि नबोलाउन संघसंस्थामा अनुरोध

11.6K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बनमा परेका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष निलम्बित भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा अध्यक्ष मगरलाई गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले निलम्बन गरेको जनाइएको छ । एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाइएको हो ।

बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै बन्द गर्न गराउन पनि विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

एनआरएनए यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले जनाएको छ ।