November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए युएईको निर्वाचन समितिको संयोजकमा रमेश श्रेष्ठ चयन

1.8K

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युएईको निर्वाचन समितिको संयोजकमा रमेश श्रेष्ठ चयन भएका छन् । आगामी २०२३–२५ कार्यकालको  निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले सङ्घका पूर्व अध्यक्ष एवं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठ नियुक्त गरेको हो।

समितिका अन्य सदस्यहरूमा एनआरएनए युएईका पूर्व अध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पूर्व महासचिव एवं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन् ।  

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तान्तरण गरे ।  

Advertisement

सङ्घका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा आइतबार दुबईको अल रायन होटेलमा बसेको  उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ  ।

यसैगरी सङ्घको अधिवेशन र सङ्घको २०२३–२५ को कार्यसमितिको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।