November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भुटानी शरणार्थी प्रकरणमा उच्च ओहदाका व्यक्तिहरू जोडिनु लज्जास्पद: नेपाली साझा मंच साउदी अरब

सुमन सहयात्री योङहाङ
२०८० जेष्ठ १४

6.3K

साउदी । नेपाली साझा मंच साउदी अरबले नक्काली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहदाका व्यक्तिहरू जोडिनु लज्जास्पद भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै मंचले यश प्रकरणमा देशकै शासन सत्ता हातमा लिएकाहरू मुछिनु लजास्पद भएको बताएको हो ।

नेपाली साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु र महासचिव राजु केसीको संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘देशमा नयाँ संविधान जारी भएपछि देश विकास र प्रगतिपथमा अघि बढ्दै जानू पर्ने थियो। विडम्बना हाम्रो देश अघि बढ्नुको सट्टा आफैमा रोग लागेर थला परेको विरामी जस्तो हुन पुगेको वर्तमान अवस्थामा राजनैतिक अस्थिरता, बेथिति र गहिरिँदो आर्थिक संकटको बीचबाट गुर्जिदै गरेको छ । यस्तो अवस्थामा देशका सम्पूर्ण शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्थामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन देशकै शासन सत्ता हातमा लिएका उच्च ओहदाका व्यक्तिहरू तिनको परिवार र सहयोगीहरु प्रत्यक्ष संगलन भएको तथ्य सार्वजनिक हुनु नेपालको लागि लज्जास्पद र दुःखद घटना हो।’

यस घटनाको प्रकृतिले आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी, राज्यविरुद्धको अपराध मात्र नभई अन्तर्राष्ट्रिय रुपमा जघन्य अपराध गरेको देखिएको मंचको ठहर छ।

Advertisement

दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राज्यका जिम्मेवार उच्चपदस्थहरूबाटै घटित यस घटना र काण्डको सत्यतथ्य छानविन र दोषी उपर सख्त कारवाही हुनै पर्ने देखिन्छ । उक्त घटनाप्रति सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । छानविनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव कार्य हुन सक्ने हुँदा नेपाल सरकारले निस्पक्ष छानबिन गरी उक्त घटना संगलन जो कोहीलाई कडा भन्दा कडा कारबाही तथा विधिको शासन र कानूनको राज स्थापित गर्न सरकार एक कदम अगाडि बढ्नुपर्छ । बिना मोलाहिजा सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित दबिएका र दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत नेपाली साझा मन्च साउदी जोडदार माग गर्दछौं ।’

नेपाली साझा मंच ‘देशको लागि केही गरौं’ भन्ने मुल नारासहित स्थापित संस्था हो । यसले साउदी अबरमा कार्यरत नेपाली श्रमिकहरुको हक अधिकारको सवालमा तथा समस्या पर्दा सहयोग गर्नुका साथै देशमा भैइरहेको गतिविधि र विभिन्न मुद्दामा आफ्नो सकारात्मक पहलकदमी गर्दै र श्रमिकहरूका लागि काम गर्दै आइरहेको छ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ति

“देशको लागि केही गरौं ” भन्ने मुल नारा सहित स्थापित हाम्रो संस्था नेपाली साझा मंच साउदी अरबले यहाँ कार्यरत नेपाली श्रमिकहरुको हक अधिकारको सवालमा तथा समस्या पर्दा सहयोग गर्नुका साथै देशमा भैइरहेको गतिविधि र विभिन्न मुद्दामा आफ्नो सकारात्मक पहलकदमी गर्दै आईरहेको सम्पुर्ण सरोकारवालामा अवगत गराउदछौं ।

देशमा नयाँ संविधान जारी भएपछि देश विकास र प्रगतिपथमा अघि बढ्दै जानू पर्ने थियो। विडम्बना हाम्रो देश अघि बढ्नु सट्टा आफैमा रोग लागेर थला परेको विरामी जस्तो हुनु पुगेको वर्तमान अवस्थामा राजनैतिक अस्थिरता, बेथिति र गहिरिँदो आर्थिक संकटको बीचबाट गुर्जिदै गरेको छ । यस्तो अवस्थामा देशका सम्पुर्ण शक्तिहरु एकताबद्ध भएर अघि बढ्नु पर्ने अवस्थामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन देशकै शासन सत्ता हातमा लिएका उच्च ओदाका व्यक्तिहरु तिनको परिवार र सहयोगीहरु प्रत्यक्ष संगलन भएको तथ्य सार्वजनिक हुनु नेपालको लागि लज्जास्पद र दुःखद घटना हो।

उक्त घटनामा केही उच्च व्याक्तीहरुलाई प्रकाउ गरि छानविन गरिएकोमा नेपाल सरकारको प्रति समान व्यक्त गर्दैछौं । उच्च तहका राजनीतिक दलका नेताहरू र उनीहरूका परिवारका सदस्यहरू एवं प्रशासनिक अधिकारीहरू समेत यसको घेरामा पर्दै आएका हुनाले यस घटनाको प्रकृतिले यो आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको मात्र नभई अन्तर्राष्ट्रिय रुपमा जगन्य अपराध गरेको देखिन्छ ।

राज्यका जिम्मेवार उच्चपदस्थहरूवाटै घटित यस घटना र काण्डको सत्यतथ्य छानविन र दोषी उपर सख्त कारवाही हुनै पर्ने देखिन्छ । उक्त घटना प्रति सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । छानविनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव कार्य हुन सक्ने हुँदा नेपाल सरकारले निस्पक्ष छानबिन गरि उक्त घटना संगलन जो कोहीलाई कडा भन्दा कडा कारबाही तथा विधिको शासन र कानुनको राज स्थापित गर्न सरकार एक कदम अगाडि बढ्नुपर्छ, बिना मोलाहिजा सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित दबिएका र दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी निष्पक्ष छानविन अगाडि बढाउन समेत नेपाली साझा मन्च साउदी जोडदार माग गर्दछौं ।

धन्यवाद ।

बोधार्थ : शारदा भुसाल झा अध्यक्ष, नेपाली साझा मन्च, नेपाल

अन्जान गुभाजु राजु केसी

अध्यक्ष महासचिव