कुवेत । वैदेशिक रोजगारको लागि कुवेत आएका ओम प्रकाश चौधरी अचेत अवस्थामा उपचाररत छन् । कुवेतको फर्वानिया हस्पिटलमा नवलपरासी सुस्ता पुर्व देवचुली–२ स्थाइ घर भएका ३८ बर्षिय चौधरी गत ११ मे का दिन अस्पताल पुगेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणद्वोज लामाले जानकारी दिए ।
अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा हेभी ड्राइभरको लागि ८ महिना पहिले मात्र कुवेत आइपुगेका चौधरी उच्च रक्तचापका कारण हार्ट स्ट्रोक भएकोले अस्पताल पुगेका थिए ।
अहिले उनलाई भेन्टिलेटरद्वारा श्वासप्रस्वास गराइरहेको बताइएको छ । डाक्टरका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको फर्वानिया हस्पिटलको वार्ड २८ मा उपचार भैरहेको छ ।
एनआरएनए कुवेतका अध्यक्ष रनध्वोज लामाले यस बिषयमा कुवेतस्थित नेपाली दूतावासमा जानकारी गराएको बताएका छन् ।