February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

युएईमा ‘चासोक थिसोक’ कार्यक्रम सम्पन्न

1.7K

युएई । चासोक तङ्नामको अवसरमा युएईमा ‘चासोक थिसोक’ कार्यक्रम सम्पन्न भएको छ । युमा साम्यो महासभा युएईको आयोजनामा दुबईस्थित हेरिटेज गेस्टहाउस बरदुबई आइतबार यावायेहाङ याक्थुसाहरुको मौलिक तथा परम्परागत महान चाड ‘चासोक थिसोक’ कार्यक्रम आयोजना गरिएको हो ।

महासभाका कार्यबाहक उपाध्यक्ष राम योङहाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय लिम्बुवान सामाजिक क्षेत्रीय कार्यसमिति अलऐन र सलिसाम केन्द्रिय युएई, किरात याक्थुङ चुम्लुङको उपस्थिति रहेको थियो ।

मौलिक संरक्षण कोष सेक्मुरी याङ्भुङ सयङको मुख्य प्रायोजन तथा संघीय सामाजिक लिम्बुवान मंच र किरात याक्थुङ चुम्लुङको सहप्रायोजन रहेको चासोक पुजा कार्यक्रम विधिवत रुपमा मुन्धुम गाएर सम्पन्न गरिएको थियो । कार्यक्रममा पेगिफाङ्साङ सावाला साम्बा भावानी अन्छङोबो रहेका थिए ।

Advertisement

युमा साम्यो महासभा युएईले संस्था स्थापनाकाल देखि नै निरन्तर रुपमा मौलिक संस्कार संस्कृतिको जगेर्ना साथै आउने पुस्तालाई बाटो देखाउन र युवा पुस्ताहरुलाई मौलिकताप्रति हौसला प्रदान गर्न मौलिक चाड चासोक थिसोकलाई निरन्तरता दिँईदै आएको आयोजकको भनाइ छ ।

नेपालको पुर्वी लिम्बुवानका याक्थुङहरुले चाःसोक (पाकेको अन्न) थिसोक फिन्मा (नयाँ अन्नबाली पाकेपछि सृष्टिकर्तालाई पुकार्दै पाकेको अन्नबालि चढाएर पुजा गर्नु) गर्ने गर्छन् । याक्थुङ्गहरुले ऋतु परिवर्तनसँगै खेतीपाती लागाउने र भेला गर्ने समयलाई चाडपर्वको रुपमा मान्दै आएको पाइन्छ ।

कार्यक्रमको व्यवस्थापन गोविन्द लुम्फुङ्वाले गरेका थिए भने महासभाका महासचिव दिपेन चेम्जोङले गरेका थिए । कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो ।