November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल

3.4K

शारदा भुजेल

दोहा । नेपाली व्यवसायी संघ कतारले वैदेशिक रोजगार बोर्डसँग वैदेशिक रोजगार लगायत विविध विषयमा छलफल गरेको छ । नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल गएको एक प्रतिनिधिमण्डलले नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल तथा भेटघाट गरेको हो ।

प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भ्रमण गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एक नारायण अर्याल तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, डा. द्वारिका उप्रेतिसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको हो ।

Advertisement

त्यसै गरी आजै नेपाली व्यवसायी संघ कतारको सोही प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँग पनि भेटघाट गरेको छ ।

उक्त अवसरमा संघका अध्यक्ष महेन्द्र चौलागाई, उपाध्यक्ष नरेन्द्र भाट तथा सचिव सुनील कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।