March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कुवेतमा नेपाली महिला कामदारद्धारा आत्महत्या,पहिचानका लागि सहयोग गर्न दुतावासको आग्रह

2.4K

– आकाश शेर्पा

कुवेत । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको छ । खोटाङ् जिल्ला ऐेसेलुखर्क –५ फुर्सेकी घर भएकी राईले नोभेम्बर १६ मा कुवेतमै आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन

घरेलु कामदारको रुपमा कार्यरत पासपोर्ट नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुतावास कुवेतका द्धितीय सचिव श्रीकृष्ण सिलवालले आग्रह गरेका छन् ।

Advertisement

मृतकको परिवार सम्पर्कमा आएपछि मृतक राईको शव नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुँदा दुतावासले यदि कुवेतमा कार्यरत खोटाङ जिल्लाबासीहरुलाई पहिचान गर्न सहयोग मागेको छ । मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनसमेत नेपाली दुतावासले अनुरोध गरेको छ ।