युएई । किरात यक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान समाजिक मञ्च युएईले संयुक्त रुपमा बलिहाङ तङनाम मनाउने भएको छ । नोभेम्बर २०२२ मा दुबाईस्थित याक एण्ड यति एभरेष्ट होटलमा कार्यक्रमको आयोजना हुने किरात याक्थङ चुम्लुङ युएईका अध्यक्ष कमल लावती र संघीय लिम्बुवान सामाजिक मञ्च, युएईका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए ।
कार्यक्रममा दि भोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु र स्थानिय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
वलिहाङ तङनामलाई याक्थुङ लिम्बु जातिहरुले एक महत्त्वपूर्ण चाडपर्वको रुपमा मनाउदै आईरहेका छन् । यस तङनामको बारेमा अनेक कथनहरु पाइन्छन् । उहिल्यै किरात देशमा बलिहाङ÷वलिहाङ नामको अति नै प्रजाप्रेमी र शक्तिशाली किरात राजा थिए । आफ्नो देशभित्र जनताका सारा दुःख सुखमा उनले साथ दिन्थे । देशका प्रजाहरुले खाए नखाएको बुझि सबैले खाएको खबर नआएसम्म खादैनथे । यश कारणले उनको प्रजाहरुप्रति अति नै मोहित थिए । उनी त्रिकालदर्शी पनि थिए । एक दिन राज सभा बोलाएर मन्त्री ,सल्लाहकार, देशबासीमा ‘मेरो दिन पुगेको र स्वर्ग जादैछु, त्यसैले देशमा झैझगडा नगरी रहनु ।’ भनेर वाणी दिन थाल्यो । तब प्रजाको आँखाबाट आँसु झर्न थाल्यो । रुवाबासीले राजदरबार नै शोकाकुल बन्यो । अन्त्यमा प्रजाहरुले बिन्ती गरे । महाराज यश मृत्युुबाट रोक्न के गर्नुपर्छ ? हामी सो गर्न तयार छौ, भने । तब प्रजाहरुको बिन्ती सुनेर राजाले कालबाट रोक्न, ‘जब काल मलाई लिन आउछ, तब प्रत्येक घरघरमा लिपपोत गरेरदियो बालेर उज्यालो बनाउनु र मेरो प्राणको रक्षाको लागि तागेरा निङवाफु माङको अटुट प्रार्थना गर्नु ।’ भनेर सन्देश भयो । तब राजाको अन्तिम काल लिन आउने दिनमा भनेको औशीको रात थियो । सबै प्रजाहरुले राजाले भने जस्तै घर सफा लिपपोत गरेर प्रत्येक घरघरमा झिलिमिली गरेर बत्ती बालेर तागेरा निङ्वाफुमाङसँग बेलुका भयो भने “लारिङ्गेक” र बिहान घामम झुल्किने “नाम्लिङ्गेक” भन्दै प्रार्थना गरे । तब प्रजाहरुको प्रार्थना र उज्यालोमा काल लिन आएन र राजा फेरि बिउँझिए, राजाको नयाँ अवतार भएको खुशियालीमा राजाको हुकुम भयो, अब यो देशमा घरघरमा पुगेर देउसी भैलो खेल्ने ,मनोरञ्जन गर्ने भनी अहिलेसम्म लिम्बु समुदायमा चाडपर्व तङनामको रुपमा रहन गएको किम्बदन्ती पाइन्छ ।
कोभिडका कारण नियमित रुपले गर्नुपर्ने कार्यक्रम हुन नसकिएकोमा अब हुन लागेको कार्यक्रममा याक्थुङ लिम्बुको मौलिक संस्कार, संस्कृति र पहिचान सहितको अस्तित्व आजको आवश्यकता साथ कार्यक्रम संञ्चालन हुन गइरहेको आयोजकले जनाएको छ । विशेष प्रस्तुतिमा केलाङ, यालाङ (धान) नाचका सहित विभिन्न संस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।