November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कतारमा ९० भन्दा बढी नेपाली संघसंस्थाहरुको संयूक्त आयोजनामा बृहत तीज विशेष कार्यक्रम

4K

शारदा भुजेल

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित ९० भन्दा बढी नेपाली संघसंस्थाहरुको संयूक्त आयोजनामा गत शुक्रबार दोहास्थित रैयान प्राईभेट स्कुलको प्रांगणमा बृहत तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्त्व एवं नेपाली राजदूतावास कतारका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुख, पत्रकार, समाजिक एवं धार्मिक संघसंस्थाका प्रमुख, प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बृहत उपस्थिति रहेको थियो ।

Advertisement

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा रहेका नेपाली महिला दिदिबहिनीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू क्रमशः गायिका सुनिता बुढा क्षेत्री, दोहोरी गायिका शर्मिला बिशी र मोडल तथा डान्सर रुबिना अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।

झण्डै हजारौं दर्शकहरूका माझ स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए ।