November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको पाँचौं राष्ट्रिय अधिवेशन हुने

3.8K

सिडनी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको पाँचौं राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा एमालेको प्रवासस्थित भातृसंस्था मञ्चको अधिवेशन अगष्ट २७ र २८ तारिखमा सिड्नीको अबनको “सफायर फङ्सन सेन्टर” मा हुन लागेको हो ।

अधिवेशनको उद्धघाटन नेकपा एमाले स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले गर्नेछन् । भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

कार्यक्रममा न्यू साउथ वेल्स राज्य सरकारका विपक्षी दलका नेता कृसमिन, प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ लगायत अन्तराष्ट्रिय कमिटिका पदाधिकारीहरु मन्चका अन्तर्राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष सञ्जय थापा, अष्ट्रेलियाकालागि नेपाली राजदुत कैलाश पोखरेल, भिक्टोरिया राज्यका महावाणिज्यदूत चन्द्र योन्जन, न्यू साउथ वेल्स महा वाणिज्यदूत दिपक खड्का,साउथ अष्ट्रेलियाका महा बणिज्यदुत दिपक धमालाका साथै न्युजिल्यान्डका नेपाली महावाणिज्यदूत आत्माराम खनाल र दिनेश खड्का लगायतको उपस्थिति रहने प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका प्रवक्ता सन्तोष दाहाल विशेष अतिथिको रुपमा रहने छन् ।

Advertisement

अगस्ट २७ तारिख बिहान १० बजेदेखि–दिनको ३ बजेसम्म उद्घाटन समारोहको कार्यक्रम हुने र बेलुकी ६ बजेदेखि बन्द सत्रको कार्यक्रम रहने छ भने २८ तारिख बिहान ११ बजे घोषणा सभा तथा पत्रकार सम्मेलन गर्दै अधिवेशन सम्पन्न हुनेछ ।

कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्टेट कमिटीका पदाधिकारीहरु नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरुसहित करिब ३०० प्रतिनिधि र १०० परिवेक्षकको उपस्थिति रहनेछ ।