June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

फिप्नाले न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गर्दै

525

न्यूयोर्क । नेपाल सरकारको आदिवासी जनजाति आयोगको अध्यक्ष राम बहादुर थापा मगर र वेष्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर तथा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) अमेरिकाका सल्लाहकार महेन्द्र लावतीले न्यूयोर्कमा अन्तरक्रिया गर्दैछन् ।

नेपालमा पहिचानवादीहरुको आन्दोलन तथा समसामयिक विषयहरुमा अन्तरक्रिया गरिने कार्यक्रम शनिबार अमेरिकाको समयअनुसार बेलुकी ६ बजे हुनेछ ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)को आयोजनामा हुन गइरहेको कार्यक्रम न्यूयोर्कको मुस्ताङ तकाली किचनमा हुने र नेपालको संघीयता, पहिचानमा आधारित नामांकन र पछिल्ला दिनको आन्दोलनको बहस गरिने महासचिव टोमा लामाले जानकारी दिएकी छन् ।

Advertisement