न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला संघ अमेरिका (फिवना) को तेस्रो महाधिवेशनबाट इन्दिरा चोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ । संघको उपाध्यक्षमा मैना बज्रचार्य, महासचिवमा इन्दु लामिछाने, सचिवमा निमा गोले, कोषाध्यक्षमा बरमाया पुन, सहकोषाध्यक्षमा शुभद्रा लिम्बु रहेका छन् भने कार्यसमितिमा अन्य १३ सदस्यहरू छन् ।
फिवनाको तेस्रो महाधिवेशन तथा देउसी–भैलो संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रमको अर्थात उत्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूले संस्थाको महाधिवेशनका लागि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिवना) का उपाध्यक्ष माया लामाले महिलाहरू यसरी एकजुट भएर अघि बढेकोमा आफू अत्यन्तै हर्षित भएको बताइन् । उनले आगामी दिनमा संघसंस्थासँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा विशेष अतिथिको तर्फबाट बोल्दै न्यूयोर्कका लागि नेपाल सद्भावना पर्यटनदुत केशबराम राईले फिवनाको स्थापनाकालदेखिको इतिहास उजागर गर्दै अहिलेसम्मको स्थितिमा आईपुग्दाको स्थितिलाई प्रशंसा गरे । सद्भावनादुतको हैसियतले आगामी दिनमा पनि फिवनासँग साथसाथै सहकार्य गर्ने तथा हरेक तर्फबाट फिवनालाई अघि बढ्नका लागि साथ सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।

एलमर्स्ट हस्पिटल एडभाइजर बोर्डको अध्यक्ष लुईसाङ वाइबा तामाङले भने यस संस्थाले अहिलेसम्म जेजस्ता गतिविधि गर्दै आएका थिए, अब यसलाई परिवर्तन गर्दै सशक्तरूपमा संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिए । वाइबाले फिवनाको लागि सबै किसिमको सहयोग गर्ने र आफूसँग भएका जानकारीहरू उपलब्ध गर्ने प्रतिवद्धता जाहेर गर्दै अहिलेसम्म महिलाहरूले गरेको योगदानको प्रशंसा पनि गरे ।
त्यस्तै तामाङ सोसाइटी अफ अमेरिकाको ट्रष्टीबोर्डको अध्यक्ष इन्द्र तामाङले पनि फिवनाको निरन्तर प्रगतिको कामना व्यक्त गर्दै सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा नर्थ अमेरिकाको लागि नेपाली पत्रहरूको साझा संस्था नेजाकी उपाध्यक्ष मच्चे गुरुङ, जिरेल समाजका अध्यक्ष शान्ति जिरेल, तामाङ समाज अमेरिकाकी अध्यक्ष बिनिता लामा, थारू एण्ड फ्रेण्ड्स सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष दिपक चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा तत्कालिन अध्यक्ष संगिनी रानामगरले फिवनाको इतिहास र स्थापनाले आदिवासी जनजातिहरूको पहिचान र अस्तित्वलाई जोगाइराख्नका लागि महत्वपूर्ण भूमिका खेलेको र संसारमा रहेका आदिवासी जनजाति महिलाहरूबीच एक्यवद्धता जनाउँदै अघि बढ्न सक्ने सम्भावना व्यक्त गरिन् । साथै यस संघस्थालाई अहिलेको स्थितिसम्म पुर्याउनको लागि महत्वपूर्ण साथ र सहयोग पुर्याउने व्यक्तित्वहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा नयाँ कार्यसमितिलाई पनि त्यसैगरि साथ र सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा संस्थाकी महासचिव बन्दना राइले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाकी कोषाध्यक्ष इन्दु लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
संस्थाकि तत्कालिन उपाध्यक्ष तथा नव निर्बाचित अध्यक्ष इन्दिरा चोङबाङले सम्पूर्ण सहयोगि ब्यक्तित्वहरू र सककघ सककस्थाहरूप्रति हार्दिक आभार प्रकट गर्दै बिगतमा भएका कमी कमजोरीहरूलाई भबिष्यमा सुधार्दै लगेर सककस्थाको उदेश्य प्राप्तिका लागि सम्पूर्ण तन र मन प्रयोग गर्ने प्रतिबध्दता ब्यक्त गरिन् ।अहिलेसम्म जतिपनि तार्यक्रमहरू भए त्यसका अलवा सककस्थाका निश्चित उदेश्यहरू प्राप्तिको लागि सम्पूर्णसककग सहकार्य गर्दै अघि बढ्ने र सम्पूर्णको साथ र सहयोगको लागि आग्रह गरिन् ।
पहिलो चरणको उत्धाटन र निर्वाचनको कार्यक्रम पश्चात सककश्थाको ग्रुपिङ देउसी भैलि कार्यक्रम सम्मपन्न भएको थियो । नेपालको मौलिकता झल्कने भैलिनी गानाको साथमा सुरूगरिएको भैलो कार्यक्रम अन्तयमा बिभिन्न नाचगानाका साथ सम्पन्न भयो !