March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रवासी एकता मञ्च अमेरिकाद्वारा ५१ प्रिन्ट रगत संकलन

2.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन भएको छ ।

जुलाई २३ शनिबार सम्पन्न रक्तदानमा कुल ५१ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शंकर पन्तसहितका नेताहरु उपस्थित थिए । मञ्चका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ तथा द गुरुङ (तमु) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङसहितका पदाधिकारीहरुको सक्रियता थियो ।

जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट ,आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्टसहित अन्य थुप्रै विशिष्ट व्यक्तित्वहरु रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेका थिए ।

Advertisement