September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा डा. डिला सङ्ग्रौला र जितजंग बस्नेतसँग अन्तरक्रिया

770

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले कांग्रेस नेताद्वय डा. डिला सङ्ग्रौला र जितजंग बस्नेतसँग न्यूयोर्कमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चर्चा परिचर्चा भएको हो ।

समितिले कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला संघका पूर्वअध्यक्ष सङ्ग्रौलाको प्रमुख आतिथ्यमा तथा कांग्रेस केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेतसँग समसामयिक विषयमा छलफल गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी सङ्ग्रौलाले जनसम्पर्क समितिले नेपालको परिवर्तित आन्दोलनमा पुर्‍याएको भूमिकाको चर्चा गरेकी थिइन्। नेपालको विकासमा गैरआवासीय नेपालीले खेलेको भूमिका र उनीहरूले परिवर्तनका लागि गरेको आन्दोलन निकै ठूलो रहेको बताएकी थिइन्।

Advertisement

यस्तै, नेता बस्नेतले पार्टीभित्रका कुरा छताछुल्ल गर्न नहुने बताएका थिए। पछिल्लो समय केही नेताहरूले मिडियामा धेरै बोल्ने र पार्टीभित्र छलफल नगर्ने गरेको बताउँदै उनले यस्तो खाले भूमिकाले पार्टीलाई दीर्घकालसम्म असर गर्ने बताए। उनले आफ्नो लोकप्रियताका लागि सञ्चारमाध्यममा बोल्नुभन्दा कुनै असहमति भए पार्टीमा छलफल गर्न आग्रह गरेका छन्।

कांग्रेस पूर्वमहासमिति सदस्य श्यामकाजी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासमिति सदस्य मृदुला कोइरालाले आफ्नो धारणा राखेकी थिइन्। कार्यक्रमको सञ्चालन महासचिव मुनेन्द्रविक्रम नेङ्वाङले गरेका थिए। कार्यक्रममा न्यूयोर्कमा रहेका थुप्रै नेपालीको सहभागिता रहेको थियो ।