September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

एनआरएनए नेदरल्यान्डले थप गरेको सदस्यता आवेदनको समयावधि आज सकिदै

570

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्डले सदस्यता आवेदनको समय थप गरेको छ । एनआरएनएको १५औं आइएस बैठकले दुई दिनको लागि आवेदन समय थप गरेको हो ।

शनिबार सूचना जारी गर्दै एनआरएनए नेदरल्यान्डले समय थप गरिएको बारे जानकारी दिएको छ । यसबीचमा सदस्यता आवेदन दिन छुटेकाहरूले आवेदन दिन एनआरएनए नेदरल्यान्डले अनुरोध समेत गरेको छ ।

थप गरिएको अन्तिम मिति २ जुलाई २०२३ राती १२:०० बजे सम्म रहेको छ ।

Advertisement

शनिबारसम्म एनआरएनए नेदरल्याण्डसको १० औं महाधिवेशनका लागि झण्डै ४०० जना पन्जिकृत सदस्यहरुले सदस्यता नवीकरण तथा सदस्यता आवेदन दिएका छन् ।