November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जापानमा नेपाली विद्यार्थी अमृत बुढा मृत फेला

1.7K

काठमाडौं । जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्।

बुधबार मृत फेला परेका बुढाले गत अप्रिलमा ‘सेम्बुन गाक्को’ सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले उनको सोधखोज गरेको थियो।

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेका अनुसार उनी  बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेका हुन् ।

Advertisement

उनको शव सडेगलेको अवस्थामा फेला परेको र भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी उनको गर्न लागिएको निउरेले जानकारी दिएका छन् ।