November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निशान्त शर्मा बने अष्ट्रेलियाको सर्वोच्च अदालतमा अधिवक्ता

1.3K

काठमाडौं । नेपालबाट अष्ट्रेलिया गएका निशान्त शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् । उनी अष्ट्रेलियामा रहेका प्रसिद्ध माइग्रेसन एजेन्ट प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओसमेत रहिसकेका छन् ।

६ वर्षदेखिको निरन्तर संकल्प र अटल दृढसंकल्पका कारण शर्माले यो सफलता हात पारेका हुन् ।

नेपालका वरिष्ठ कलाकार लव शर्माका छोरा उनले यसअघि नै अष्ट्रेलियामा पटक–पटक सर्वोत्कृष्ट आप्रावासी एजेन्टको उपाधिबाट सम्मानित भैसकेका छन् । आफ्नो पेशा र व्यवसायमा उत्कृष्टता प्रदान गरेकै कारण उनी हजारौंको मन जित्न सफल भएका हुन् ।

Advertisement

यो उनको व्यक्तिगत सफलतामात्रै नभएर अष्ट्रेलियामा रहेका नेपाली समूदायको लागि पनि ठूलो खुशीको विषय हो ।

शर्माको यो सफलताको खुशी साट्न अभिभावक र प्रेरणाका स्रोत अधिवक्ता डा. शमशेर थापा आँफै शर्मासँगै अदालत पुगेका थिए । शर्माले आफू आजको यो स्थानमा आईपुग्नको लागि डा. थापाकै मार्गनिर्देशन कोशेढुंगा सावित भएको बताउँदै आएका छन् ।